प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ। बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो। बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लाल बहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ।
यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडक बहादुर बोहरा,गजेन्द्र बोहरा, दीपक बोहरा,दिपेन्द्र ऐरी,विरेन्द्र नाथ, प्रदिप चन्द,डम्बर बुडाल,केशव साउँद,जगदिश चन्द,प्रकाश नाथ,जितेन्द्र रावल, गणेश थापा, सुनिल चन्द र प्रकाश चन्द रहेका छन्। पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा भुपेन्द्र चन्द, विरेन्द्र विष्ट र दिपेन्द्र भण्डारी रहेका छन्।
छनोट गरिएका महिला खेलाडीमा मञ्जु बोकटी, आरती बोहरा, निर्मला बोहरा,वविता बोहरा, अनिता नाथ , निर्मला भण्डारी , दिव्या कार्की, पुजा कार्की, मिना रावत, निशा भट्ट, भावना जोशी, सुनिता लोहार र दमयन्ती ओड रहेका छन्। यस्तै महिलाको वैकल्पिक खेलाडीमा रेनु पेला, तुलसी जोशी , मानवी विक, र निर्मला रावल रहेका छन्।
पुरुष टोलीको प्रशिक्षकमा शेरसिंह खत्री र महिला टोलीको प्रशिक्षकमा दिपेन्द्र बोहरालाई तोकिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले मङ्सिर २१ गतेसम्म जिल्लाछनौट गर्न निर्देशन दिएको थियो । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा मङ्सिर २२ गतेसम्म लकडाउन गरिएकोले छनौट खेलहरु गर्न नसकिएको र गत बर्षको जिल्लास्तरीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्राथमिकतामा राखेर छनौट गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव शेरसिंह खत्रीले जानकारी दिए।
छनौट भएको पुरुष टोलीले यही मङ्सिर २७ गतेदेखि कञ्चनपुरमा हुने प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नेछ भने छनौट भएको महिला टोलीले अगामी पुस ४ गतेदेखि कैलालीमा हुने प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नेछ । उक्त प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कपका लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट हुने जनाईएको छ ।
क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । महिलाको दाङमा र पुरुषको काठमाडौंमा खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगितामा ७ प्रदेशका र ३ विभागीय गरी १० टोलीको सहभागीता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।