बैतडीको पुर्चौडी नगरपालिकाले लैँगिक हिँसा विरुद्धको १६ दिने अभियानको अन्तीम दिन बीहीबार हिंसा पिडीत महिलाका लागी विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ। बिहीबार नगरपालिकाले हिँसा न्युनिकरण सम्बन्धी सडक नाटक , महिलाहरु संग अन्तरकृया कार्यक्रम गरेको हो।
विभिन्न सचेतना मुलक कार्याक्रमका साथ नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा हिँसामा परेकी महिला लाई नगत सहित सहयोग प्रदान गरिएको नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन्। नगरपालिका भित्रकी एकजना हिँसा पीडीत महिलालाई नगत साढे ७ हजार दिइएको उनले बताइन्।
श्रीमानले दोस्रो विवाह गरेर अलपत्र छाडेपछि सिलाइकटाइ गरेर जिविकोपार्जन गरिरहेकी हिँसा पीडीत महिलालाई सहयोग गरिएको उनको भनाई छ ।
आफु हिँसामा परेर पनि आत्मनिर्भर भएकी कोटीलाकी महिला अरुको लागी पनि प्रेरणाकी स्रोत बनेकी उनले बताइन्। कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख तथा उपप्रमुखले हिँसा मुक्त समाज निर्माणका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको र अगामि दिनहरुमा पनि गर्ने बताएका छन्।
नगरपालिकाका प्रमुख रणबहादुर कुवरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सम्पूर्ण वडाका वडा अध्यक्ष, कर्मचारि, स्थानिय नागरिकहरु ,विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।