संघीय गणतन्त्र स्थापनाको दशक पछि राजावादीहरुले मुलूकभर पुनः राजसंस्था स्थापनार्थ हेतु आन्दोलन थालेका बेला शनिबार बेलौरीमा पनि ¥यालि निकाल्ने तयारी गरीएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार राजावादी समर्थकहरूले मोटरसाईकल ¥याली गर्ने भएका हुन्। शुक्रबार सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन गरी मोटरसाईकल ¥याली गर्ने बताएको हो। ¥याली बेलौरीदेखि सुरु भई पुनर्वास जाने, त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै पुनः बेलौरीमा पुगेर कोण सभा गरी समापन गरिने बताइएको छ।
राजावादी समर्थकहरूले राजसंस्था पुर्नस्थापना र हिन्दु धर्मको माग अघि सारेर देशका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्।
प्रतिक्रिया दिनुस