कैलालीको धनगढी उप–महानगरपालिकाका दुई स्थानबाट सव–डिभिजन वन कार्यालय फुलवारीले सालका गोलीया बरामद गरेको छ। शुक्रबार भारताल साझेदारी वन व्यवस्थापन समिति र सब–डिभिजन वन कार्यालय फुलवारीको सयुक्त टोलीले उपमहानगरपालिका– १५ को उर्मा र वडा नम्बर–१६ को ब्युसाबाट सालका गोलीया बरामद गरेको हो।
उर्माको आर.पि. काष्ठ फर्निचर मिलबाट मात्रै ३५.८८ क्युफिट सालको गोलीया बरामद गरीएको सब डिभिजन वन कार्यालय फुलवारीका अधिकृत निरन्जन कडालले बताए। उनले मिल सञ्चालक रामबहादुर चौधरीलाई पक्राउ गरी हिजै अदालत पेश गरीएको र काठ चोरी तस्करी मद्धा दर्ता भएको जानकारी दिए।
यस्तै आजै सब डिभिजन वन कार्यालय फुलवारीको टोलीले उपमहानगरपालिका–१६ को ब्युशाबाट समेत चार गोलीया काठ बरामद गरेको छ। उक्त काठ कसको हो र कहाँबाट काटिएको भन्ने विषयमा अनुसन्धान भइरहेको वन अधिकृत कडालले बताए।