प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रथम दिन भएका खेलामा अछाम र डडेल्धुराले विजयी सुरुवात गरेका छन्। हेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी सुरुवात गरेको छ। अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो। अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने र २ विकेट लिने डडेल्धुराका सन्तोस भट्ट म्यान अफ द म्याच चुनिएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए। प्रतियोगिता अन्र्तगत आइतबार आज कभर्डहल मैदानमा कञ्चनपुर र अछाम खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा डडेल्धुरा र डोटी प्रतिस्प्रर्धा गर्ने भएका छन्। पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिम टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिए।

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ। महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस