सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। मङ्सिर २१ गते भने उपस्थिति थिएनन्।

पत्र लेखेर आफू नआउनाको कारण खुलाएका थिए। “उहाँले बैठकमा उपस्थित हुँदिन, जान्नँ भनेर कहिल्यै भन्नुभएको छैन। आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुहुन्छ,” स्थायी कमिटी सदस्य तथा पार्टी संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने। त्यस्तै स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि प्रधानमन्त्री उपस्थित हुने जानकारी पाएको बताए ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बैठकमा आउने सूचना पाएका छौं। यसबीचमा भएका प्रगतिबारे म अनभिज्ञ छु,” उनले भने।

प्रतिक्रिया दिनुस