कैलालीमा सम्पन्न निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिताको उपाधि कैलारी गाउँपालिकाले हात पारेको छ। धनगढी उपमहानगरपालिका – १२ मा रहेको मनकामना युवा क्लब जुगेडाले आयोजना गरेको निसर्ग प्रथम भेट्रान फुटबल प्रतियोगिता २०७७ को च्याम्पियन कैलारी गाउँपालिका टिम बनेको हो।

सनिवार सम्पन्न भएको फाइनल खेल मनकामना युवा क्लब “बि” र कैलारी गाउँपालिका भेट्रान टिम बिच भएको रोमाञ्चक खेलमा कैलारी गाउँपालिकाले मनकामना युवा क्लब टिम “बि”लाई २(० गोलको अन्तरले स्तम्भ पार्दै उपाधी रक्षा गरेको हो। फाइनल खेलको दोस्रो हाफमा जर्सी ७ का भिकराम चौधरीले पहिलो गोल गरेका थिए भने केही समय पछि ठूलो डेरिया भन्दा बाहिर पाएको फ्री किक जर्सी नम्बर १३ का हेमन्त चौधरीले सिधै बललाई फिरममा पार्न सफल भएको थियो।

प्रतियोगितामा च्याम्पियन हुने टिमले नगद पुरुस्कार ४० हजार र उपविजेता अर्थात द्धितीय हुने टिमले २० हजार सहित ट्रफी प्रमाणपत्र हात पर्ने छन्। हिजो सम्पन्न भएको प्रतियोगिताको सभापति क्लबका अध्यक्ष डबल बहादुर थापा,प्रमुख अतिथि धनगढी उपमहानगरपालिका नगर प्रमुख नृप ओड ,विशिष्ट अतिथि वडा न १२ का अध्यक्ष गणेश प्रसाद जोशी सुदूरपश्चिम प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष राघबिन्द्र कार्की, कैलाली जिल्ला फुटबल संघका उपाध्यक्ष अनिल मल्ल लगायत समाजसेवी बुद्धिजीवी लगायत खेलाडिहरुको बाक्लो उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल तथा रिसर्च सेन्टर तथा सह–प्रायोजक अभिरुप मोटर्स प्राईभेट लिमिटेड रहेको थियो। कार्यक्रमका प्रमुख अतिथी बोल्दै राष्ट्रिय स्तरमै भेट्रान फुटबल लाई लैजानु पर्ने र खेलकुद क्षेत्रलाई निरन्तर बिकासमा जोड दिने दिनुका साथै आगामी दिनमा खेलकुद क्षेत्रमा धनगढी उपमहानगरपालिका अग्रसर भएर लागि पर्ने आयोजक क्लब लाई प्रमुख अतिथि नगर प्रमुखले धन्यवाद समेत दिनु भएको थियो।कार्यक्रमका सभापति क्लबका अध्यक्ष डबल बहादुर थापाले प्रतियोगितामा सहभागी टिम ,विजेता उपविजेता टिम र प्रतियोगिता सफल पार्न सहयोग गर्नु हुने संघसंस्था लाई धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुस