कञ्चनपुरमा वृद्ध आश्रमका लागी भन्दै प्रहरीको बर्दिलगाएर  रकम असुल्ने एक जना पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका बनखेत स्थित वृद्ध आश्रमकी सञ्चालिका शारदा चन्दले खटाएको बताउँदै जथाभाबी रूपमा रकम असुली गरिरहेको पाइएपछि भीमदत्तनगरपालिका –१० का सुरेन्द्र खत्रीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको हो।
खत्रीले नेपाल प्रहरीको बर्दिलगाएर रकम असुरीरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। उनले विगत १० दिन देखी पसल, कार्यालयमा गई ठगी गरी रकम असुलेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए।
तर उनले कति रकम ठगी गरी असुल गरे भन्ने प्रहरीले खुलाएको छैन। पक्राउ परेका माथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ।
उता वृद्ध आश्रमकी सञ्चालिका शारदा चन्दले फेसबुक मार्फत आश्रमको नाम लिई ठगी गरिरहेको जानकारी गराएकी छन्। उनले उक्त व्यक्ति उपर कारबाहीको माग गरिन्।
उनले भनिन्–‘विगत १० दिनदेखि खत्रीले बृद्धआश्रम भन्दै ठगीगरीरहेको सूचना पाएपछि शनिवार महेन्द्रनगर गल्ली नम्बर ४ स्थित बट्टु गुप्ताको सहयोगमा प्रहरीले उनलाई पक्राउ ग¥यो।’
No description available.
पक्राउ परेका खत्रीको साथमा भीमदत्तनगरपालिकाद्धारा सहयोगका लागी सिफारिस गरिएको पत्रसमेत फेला परेको छ। आश्रमकी सञ्चालिका चन्दले उक्तलाइ परिचालन गर्ने उपर पनि कारबाहीको माग गरिन्। उनले भनिन्–‘आश्रमको बदनाम गर्न उक्त व्यक्तिलाई परिचालन गरिएको छ, कारबाही गरिनुपर्छ।’
यता भीमदत्तनगरपालिकाले भने जवाफ दिन मानेको छैन।
प्रतिक्रिया दिनुस