महेन्द्रनगर माध्यमिक विद्यालय पठनपाठन सुरु भएको ६ दिनमै बन्द भएको छ। विद्यार्थी र शिक्षकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाएपछि जोखिम हुन सक्ने भन्दै सोमबारदेखि विद्यालय बन्द गरिएको हो।

महेन्द्रनगर माविमा मांसिर २२ देखि पठन पाठन सुरु भएको थियो । सोमबारदेखि पुनःबन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । उक्त विद्यालयमा १६ सय बढी विद्यार्थी छन ।

अब माथिल्लो कक्षाका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन गरिने बताइएको छ ।विद्यालयका एक शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुस