प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट अन्र्तगत समूह ए का खेलहरु आजदेखि हुुदैछन् । समूह ए मा बैतडी, दार्चुला,बझाङ र कैलाली रहेका छन् ।

कञ्चनपुरस्थित कभर्डहल मैदानमा बैतडी र बझाङ खेल्दा अर्को खेलमा खुलामञ्च मैदानमा कैलाली र दार्चुला प्रतिस्प्रर्धा गर्ने स्कोरर निरञ्जन बोहराले जानकारी दिए। समूह ए बाट फाइनल पुग्ने टोलीसंग अछामको उपाधि भिडन्त हुनेछ । समूह बी बाट अछाम फाइनल पुगिसकेको छ । फाइनल भिडन्त पुस ३ गते हुने जनाईएको छ । मंसिर २७ देखि सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका ८ टोलीको सहभागिता रहेको छ ।

पुस ३ गतेसम्म सञ्चालन हुने उक्त पुरुषको छनौट प्रतियोगिताबाट प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनौट हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुदैंछ । महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुस