नेकपा कञ्चनपुरका एक कार्यकर्ता साधारण तारेखमा रिहा भएका छन। प्रहरीले मसिर पहिलो साता पक्राउ गरेका भीमदत्त नगरपालिका ९ मटैनाका दिपेन्द्र सिह ऐरी साधारण तारेखमा रिहा भएका हुन्।

कञ्चनपुर प्रहरीले ऐरी बिरुद्ध सार्वजनिक मुद्दा दायर गरेर प्रशासनमा पेश गरेको थियो। सोमबार प्रशासनबाट ऐरी साधारण तारेखमा रिहा भएको परिवाजनले जनाएको छ। उनलाई प्रहरीले प्रतिबन्धीत नेकपा विप्लवको प्रर्चा वितरण गरेकोआरोपमा पक्राउ गरेको थियो। तर, ऐरी परिवारले दिपेन्द्र बजारमा औषधी लिन गएका बेला प्रहरीले पक्राउ गरेको जनाएको थियो। उनि निर्दाेश भएको परीवारजनले दावी गर्दे आएका छन्।

प्रतिक्रिया दिनुस