
काँग्रेसले तालाबन्दी गरेको केही छिनमै प्रहरीले ताला तोडेको थियो। नेता विष्ट सहित काँग्रेस कञ्चनपुरका सह–सचिव पुष्कल चौधरी, जिल्ला सदस्य प्रकासराज पन्त, क्षेत्रीय सभापति गोपी प्रशाद उपाध्याय सहितका काँग्रेस नेता कार्यकर्ताले बेलौरी नगरपालिका कार्यालय प्रमुख चौधरीको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन्।
तालाबन्दीका कारण कामकाज प्रभावित भएको छ। बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेम प्रशाद चौधरीले काँग्रेस नेताहरुले आफ्नो कार्यकक्षमा लगाएको तालाबन्दी बारे आफु अनविज्ञ रहेको बताए। ‘मेरो कार्यकक्षमा तालाबन्दी वा जे सुकै गरेपनि मैले कानुन अनुसार जनताको काम गर्ने हो, ‘उनले भने, ‘मैले सडकमा भएपनि जनताको काम गर्छु, अरु मलाई थाहा छैन।’
प्रतिक्रिया दिनुस


