सुदूरपश्चिमका थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार १४९ नमूना परीक्षण गर्दा कञ्चनपुरका ८ सहित ४४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका १र१ जना रहेका छन्।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका थप १४ जना, कैलारी गाउँपालिकाका ४ जना, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाका २र२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी कैलालीकै लम्किचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका १र१ जनामा समेत भाइरसको संक्रमण देखिएको छ। यसैगरी बाजुराका बडीमालिका नगरपालिकाका ३ जना, डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना, यस्तै दार्चुला, डोटी र बर्दियाका १र१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।