प्रधानमन्त्री कप (पीएम) क्रिकेट प्रतियोगिता छनोट खेल्नका लागि कञ्चनपुर महिला क्रिकेट टिमको एक कार्यक्रमका साथ बिदाइ गरेको छ।
शनिवार देखि धनगढीमा सञ्चालन हुने पीएम कप छनोट प्रतियोगिता खेल्नका लागि माया रावतको क्याप्टेन सिपमा १४ सदस्य टोलीको एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष एवं प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष दीपक राज चालिसे र कञ्चनपुर जिल्ला पुरुष क्रिकेटका प्रशिक्षक वीरेन्द्र शाहीले बिदाइ गरिएको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र चन्दले जानकारी दिएका छन्।
कञ्चनपुर महिला क्रिकेट टिमको प्रशिक्षकमा नीरज चन्द र टिम व्यवस्थापकमा नरेन्द्र राज भट्ट लाई जिम्मेवारी दिएको छ। भने कञ्चनपुर जिल्ला महिला क्रिकेट टिमले आफ्नो पहिलो खेल मङ्सिर ४ गते भोलि पहिलो दिनको दोस्रो खेल बझाङको सामना गर्ने छ। महिला क्रिकेट टिमलाई मम्ताज पार्टी प्यालेस खेलाडीका लागि खेल पोसाक (जर्सी) सहयोग गरेको टिम व्यवस्थापक नरेन्द्र राज भट्टले बताएका छन्।
प्रतिक्रिया दिनुस