भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो। शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए।

‘अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सबै विद्यालयहरु बन्द गरिएका छन्,’ उनले भने, ‘पछिल्लो समय समुदायस्तरमा बढ्दो संक्रमण र चिसोका कारण विद्यालय बन्द गरिएका हुन्।’ उनका अनुसार दुईरतीन दिनयता ४ जना शिक्षकमा संक्रमण देखिएपछि सम्बन्धित विद्यालयहरु बन्द भइसकेका छन्। भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १२६ विद्यालय छन्।

प्रतिक्रिया दिनुस