कञ्चनपुरका ४२ सहित थप ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा मंगलबार ३६७ नमूना परीक्षण गर्दा कञ्चनपुरका ४२ सहित सुदूरपश्चिमका थप ७४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भीमदत्त नगरपालिकाका २७ जना, बेदकोट नगरपालिकाका १४ जना र पुनर्वास नगरपालिकाका १ जना रहेका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका १५ जना, लम्किचुहा नगरपालिका र कैलारी गाउँपालिकाका ५र५ जना, गोदावरी नगरपालिकाका ३ जना, यस्तै टीकापुर नगरपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिकाका १र१ जनामा समेत भाइरसको संक्रमण देखिएको छ।

उता बाजुराको बुढीनन्दा नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस