पुस ११ देखि सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेशनम्बर २ बीच प्रतिस्पर्धा हुँदै छ। राष्ट्रिय खेलकुद परिषद् राखेपको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिता २० ओभरका हुने छ । दाङको लमहीमा ११ गतेदेखि शुरुहुन प्रतियोगिता १९ गते फाइनल हुने छ ।

प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजना गरिएको छ । समूह ए मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनि प्रदेश रहेका छन् । यसैगरी समूह बी मा सुदूरपश्चिम प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर एक रहेका छन् । ११ गतेदेखि शुरुहुने प्रतियोगितामा दैनिक २ वटा गेम हुने छन् ।

पहिलो दिनको दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । यसैगरी सेमिफाइनलमा दुवै खेल १७ गते र फाइनल खेल १९ गते हुने छ । क्यानले महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि शुरुहुने जनाएको थियो । तर, सोमबार क्यानले महिला तर्फको तालिका मात्रै प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुस