कृष्ण नेपाली,
बैतडीको शिवनाथ गाउँपालिकाले अनलाइनमा घटना दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । २०५८ साल देखिका विवरणहरू जन्म दर्ता मृत्यु दर्ता तथा अन्य पञ्जिकरणका घटनाहरु अनलाइनमा यसै महिनाको मसान्त देखि दर्ता गर्न लागेको हो ।

तथ्याङ्क डिजिटल माध्यमबाट अध्यवधिक गरीन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक प्रशाद पन्तले बताए ।
राष्ट्रिय पञ्जीकरण बिभाग मार्फत सरकारले नै व्यत्तीगत घटनाहरु डिजिटल माध्यमबाट अध्यावधिक गर्ने प्रावधान जारी गरेसँगै शिवनाथ गाउँपालिकाले डिजिटल माध्यमबाट घटना दर्ता सुरु गर्ने भएको छ।

बिगतका गाउँ विकास समिति देखिका सबै घटनाहरुलाई डिजिटाइज गरिन लागिएको र डिजिटाइज माध्यमबाट घटनाहरु दर्ता गराएमा सुरक्षीत रहने भएकाले यस्तो प्रक्रिया अबलम्बन गरिएको कम्प्यूटर अपरेटर कोमल विक्रम सिंहले बताए। सबै प्रकारका व्यत्तिगत विवरणहरू जन्म दर्ता मृत्यु दर्ता बसाई सराई लगाउतका घटना डिजिटल माध्यमबाट दर्ता सुरु गर्ने कार्यको तयारी पुरा भएको कम्प्यूटर अपरेटर कोमल विक्रम सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस