कैलालीको धनगढीमा २ जना प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुक बहादुर भनिने अमर रानालाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तरकरहरुको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना भएको प्रहरीको निष्कर्ष छ । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।

बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुस