सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १०० नमुनाको परीक्षण गर्दा कञ्चनपुरका ८ सहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढीका १३ जना, गौरीगंगाका १ जना, स्थानीय तह नखुलेका कैलालीका ११ जना, डडेलधुरा, डोटी र बाजुराका १र१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुस