सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको हो।

कोरोना पुष्टि भएपछि आईसीयूमा राखेर उपचार गराइरहेका पुरुषको बुधबार बिहान मृत्यु भएको हो । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणको कारणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुस