बैतडीको झुलाघाट नाका मंगलबार एकदिनका लागि खुलेपछि ४५ जना पेन्सनधारीहरुले पेन्सन बुझेका छन् । अंग्रेजी बर्ष सकिन लागेकाले पेन्सन बुझ्न बाँकी रहेका नागरिकका लागि भारतीय पक्षसंग समन्वय गरेर एकदिनका लागि नाका खोलिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। नेपाली पक्षले तीनदिनका लागि नाका खोल्न प्रस्ताव गरेको भएपनि भारतीय पक्षले एकदिन मात्रै नाका खोल्ने सहमति दिएको हो । यो भन्दा पहिला पेन्सन बुझ्न बाँकी रहेका र विभिन्न कागजपत्र बुझाउन बाँकी रहेका नागरिकका लागि नाका खोलिएको सहायक प्रमुख जिल्ला अधिकारीले नेगीले बताए।

यो भन्दा पहिला गत मंसिर ८ गतेदेखि ५ दिनका लागि झुलाघाट नाका खोलिएको थियो । त्यो बेला अधिकांश पेन्सनधारी नागरिकले पेन्सन बुझेका थिए । मंगलबार झुलाघाट नाकाबाट १६ जना कामदारहरु कामको खोजीमा भारत पसेका छन् ।

प्रतिक्रिया दिनुस