बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर(चालक)को मृत्यु भएको छ। पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ बर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको हो। शनिबार दिउँसो स्काभेटर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्काभेटर सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ। घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस