बेतकोट नगरपालिकाका सूचना अधिकारी तथा शिक्षा शाखा प्रमुख शङ्कर दत्त भट्टको देहावसान भएको छ। भीमदत्तनगरपालिका १८– कटानका ५३ वर्षीय भट्टको शनिवार बिहान धनगढी स्थित सारथि अस्पतालमा निधन भएको हो।
कोरोना पोजोटीभ देखिएका भट्टमा हिजो मात्रै नेगेटिभ देखाएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। कोरोना नेगेटिभ देखिएपछि हिजो मात्रै उनलाई डिस्चार्ज गरेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
निमोनियाको पनि लक्षण देखिएका उनको धनगढी स्थित सारथि अस्पतालमा थप उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। भट्ट यस अघि बैतडी जिल्ला शिक्षा समन्वय प्रमुख थिए।
उनको भुजेला घाटमा दाहसंस्कार गरिएको छ।
प्रतिक्रिया दिनुस