कञ्चनपुरमा सडक कालोपत्रेको माग गर्दे स्थानीयले यातायातका साधन ठप्प पारिदिएका छन्। लकुवापुर–बेलौरी सडक कालोपत्रेको माग सहित शुक्लाफाँटा नगरपालिका –१२ काला गौडीका स्थानीयले शनिवार बिहानै देखी यातायातका साधन ठप्प पारेका हुन्।
सम्झौता अवधिको ३ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे नगरिएको भन्दै सडकमा आवतजावत अवरुद्ध पारेको स्थानीय नवलसिह रानाले बताए।
एक साता अघि मात्रै निर्माण कम्पनी सन्तोषी थेगीम जेभी सँग सडक कालोपत्रेको कार्य अगाडी बढाइने भन्दै सम्झौता गरेका स्थानीयले सडक कालोपत्रे अगाडी नबढेको भन्दै पुन : सडकमा आवतजावत ठप्प पारेका छन्। उनीहरूले सडक कालोपत्रेको कार्य अगाडी नबढाउन्जेल विरोधमा उत्रने चेतावनी दिएका छन्।
सडक अवरुद्ध बनेपछि सयौँ यात्रुहरू बाटोमै अलपत्र परेको स्थानीय प्रहरीले जानकारी दिएको छ। उता सन्तोषी थेगीम जेभीले भने स्नानियहरु सँग छलफल भइरहेको जनाएको छ। निर्माण कम्पनिनले ६५ प्रतिशत निर्माणकार्य सम्पन्न भएकाले बाँकी आगामी बैसाख मसान्त सम्म सम्पन्न गरीने दावी गरेको छ।