सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ६२ नमुनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढीका २ जना, भिमदत्तनगरका ५ जना र बेलौरीका ३ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुस