यातायात व्यवस्था विभागले सोमबारका लागि लाइसेन्सको अनलाइन फाराम बन्द गरेको छ। सर्भरमा समस्या आएको भन्दै मर्मत गर्नुपर्ने भएपछि सोमबार एक दिनका लागि अनलाइनबाट दिन सकिने आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। कोरोना महामारीका कारण नौ महीनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षाको अनलाइन फाराम पुस १४ गते मंगलबारदेखि शुरू भएको थियो।

विभागले लामो समयपछि फारम खुलेको र प्रयोगकर्ताको चाप बढेका कारण समस्या आएको भन्दै सर्भरको मर्मतका लागि सोमबार एक दिन मात्रै सेवा बन्द गर्नुपरेको विभागले सूचना जारी गरेर जानकारी दिएको छ।

कसरी भर्ने फारम ?

अनलाई फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा जाने।

पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमति पत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने। त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा जाने। नयाँ पेज देखिएपछि क्याटोगोरीमा गइ नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपी मध्य एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने।

त्यसपछि व्यक्तिगत विवरण भरेर आफूलाई पाएक पर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने। त्यहाँ तोकिएको मितिमा बायोम्याट्रिक दिन यातायात व्यवस्था कार्यालय जाने।

प्रतिक्रिया दिनुस