कञ्चनपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेलौरीनगरपालिका –१० का ३६ वर्षीय बलबहादुर चन्द र कैलालीको धनगढीउपमहानगरपालिका –३ विशालनगरका २२ वर्षीय प्रेमबहादुर बम रहेका छन्।

चन्दका साथबाट ६३ ग्राम ब्राउन सुगरसहित ७८ हजार ४ सय ८० रुपँैया र बमका साथबाट ९ सय १० मिलीग्राम ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धानका गरिरहेको उनले बताए।

प्रतिक्रिया दिनुस