उक्त कार्यक्रमको अहिले तयारी तीव्र भइरहेको छ। कार्यक्रमको तयारीको लागी नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको संयोजकत्वमा २५ सय २५ जनाको मूल समिति बनाइएको छ। त्यस्तै ७ वटा उप–समिति बनाएर तयारी थालिएको छ। ’
२४ गते प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको तयारी सुरु भएको छ’ नेकपा केन्द्रीय सदस्य एवम् मिडिया संयोजक उदब भट्टराईले भने ,’ हरेक स्थानीय तहबाट व्यापक जनताको सहभागिता गराउने तयारी छ।’
४ मन्त्री धनगढीमा
कार्यक्रमको तयारी कै लागी केन्द्रीय नेता तथा मन्त्रीहरू कैलाली पुगिसकेका छन्। नेकपाका सुदुरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ,बन मन्त्री प्रेम आले , श्रम मन्त्री गौरी शङ्कर चौधरी सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा पनि धनगढी पुगिसकेका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र श्रम मन्त्री चौधरी र प्रदेश अध्यक्ष थापा सोमबार धनगढी पुगेका हुन् भने बन मन्त्री आले र सामान्य प्रशासन मन्त्री ठगुन्ना मङ्गलवार पुगेका छन्।