कैलालीमा १५ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ३४ नं। गण हे।क्वा। कैलाली खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १५ लाख २५ हजार ७० बरावरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान, कस्मेटिक सामान सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नं। २ का २३ बर्षीय रन्जु चौधरी र सोही नगरपालिका वडा नं। १ का २२ बर्षीय सागर चौधरी रहेको सशस्त्र प्रहरी बल नं। ३४ गण हे।क्वा। कैलालीले जनाएको छ । टिकापुर नगरपालिका वडा नं। ८ बनगाउँ ईलाकाबाट भन्सार छली सामान ल्याईरहेको अवस्थामा से १ च २१४८ नं। को वलेरो पिकअप गाडी समेत प्रहरीले बरामद गरको छ ।

सामान र गाडी सहित २ जनालाई आवश्यक कारवाहीको लागी सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।

प्रतिक्रिया दिनुस