सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार २ सय ८ नमूना परीक्षण गर्दा कैलालीका थप २० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १र१ जनामा समेत संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस