महेन्द्रनगरमा सडक दुर्घटना न्यूनीकरणका लागी सडक विभाजक राख्न सुरु गरिएको छ। भीमदत्तनगरपालिकाको सहयोगमा बस पार्क आसपास र महेन्द्र स्मारक रोडमा सडक विभाजक राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए।

No description available.

सडक लेन छुट्याउनका लागी बिचमा सडक डिभाइडर राखिएको इंस्पेक्टर भट्टले बताए। उनले बसपार्क देखी शिव मन्दिर र महेन्द्र स्मारक रोडमा दुर्घटना न्यूनीकरण र लेन पहिचानका लागी दुई सय डिभाइडर राखिएको जानकारी दिए। उनले थप भिडभाड हुने क्षेत्रमा सडक डिभाइडर विस्तार गरिने योजना रहेको जानकारी दिए।

No description available.

 

 

प्रतिक्रिया दिनुस