महेन्द्रनगरमा भिमदत्तनगरपालिकाको टिप्पर पल्टिएको छ।

वडा नम्बर १० ब्रह्मदेव लिंक रोडमा बिहीबार बिहान भिमदत्तनगरपालिकाको टिप्परले ट्याक्टरलाई ठक्कर दिन पुग्दा टिप्पर पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ।

No description available.

प्रहरीले ट्रकको नम्बर पहिचानमा समस्या भएको जनाएको छ। टिप्पर सडक भन्दा करिब ५० मिटर पर गई पल्टिएको स्थानीयले बताएका छन्। तर क्षतिको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुस