नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतबाट फर्किएका छन् । उनी शनिबार अपरान्ह भारतबाट फर्किएका हुन्।प्रचण्डलाई नेकपाका उनी निकट नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए । वर्षमान पुनलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड सोमबार मुम्बई प्रस्थान गरेका थिए । उनको साथमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि गएका थिए ।

प्रतिक्रिया दिनुस