सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिवार १ सय ४९ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

उनका अनुसार धनगढीका ६,टिकापुरका ४,जानकीका १ र कञ्चनपुरको भिमदत्तनगरका ३ जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितहरूमा ६ महिला र ८ पुस छन्।

प्रतिक्रिया दिनुस