कञ्चनपुरको भीमदत्त नगरपालिकाको दुर्गम वस्ती खल्ला मच्छेट्टिमा विद्युत सेवा सुचारु भएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सुरेन्द्र विष्टले खल्ला, टुडिखेल र मच्छेट्टीमा विद्युत सेवाको उद्घाटन गरेका हुन्।
नेपाल विद्युत प्राधिकरण र भीमदत्त नगरपालिकाको साझेदारी एवम् सहकार्यमा विद्युत विस्तार गरिएको बताइएको छ। सो कार्यक्रममा ती दुर्गम वस्तीका ३२ घरपरिवारलाई वायोग्यास पनि वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुस