बैतडीको दशरथचन्द नगरपालिकाले वडा नं ४ को गढी क्षेत्रलाई सिल गर्ने निर्णय गरेको छ। आइतबारदेखि गढी क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ।

केही दिन अघिमात्रै गढी क्षेत्रमा एकजनामा मृत्युपछि कोरोना पुष्टि भएको उहाँको सम्पर्कमा रहेकाहरुमा पनि कोरोना देखिएकाले गढी क्षेत्र पौष २६ गते देखि माघ ६ गते सम्म सिल गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले जानकारी दिए। दशरथचन्द नगरपालिकाको गढी क्षेत्रमै अहिले पनि ७ जना संक्रमित रहेकाले संक्रमण नफैलियोस भन्नका लागि गढी क्षेत्र सिल गरिएको उनले बताए।

गढी क्षेत्रमा आवतजावत नगर्न, शिक्षण संस्था बन्द गर्न, बजार तथा पसलहरु बन्द गर्न नगरपालिकाले आग्रह समेत गरेको छ। बैतडीमा अहिले सम्म ६३६ जनामा संक्रमण पुष्टि भईसकेको छ भने कोरोना कारण दुईजनाको मृत्यु भईसकेको छ । जिल्लामा अहिले ३२ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

 

प्रतिक्रिया दिनुस