कैलालीमा कोरोना भाइरस ( कोभिड –१९ को ) परीक्षणको लागि स्वाब सङ्कलन सुस्त भएको छ। शनिवार जिल्ला स्वास्थ्य कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाले पनि पर्याप्त स्वाब सङ्कलन नगर्दा परीक्षण हुन सकेन । केही समय अघि सम्म ३ अङ्कमा सङ्क्रमित फेला पर्ने गरेको भए पनि कैलालीमा पछिल्लो समय दुई अङ्क सङ्क्रमित फेला फेला परिरहेका थिए ।

तर, आइतबार नयाँ सङ्क्रमितको सङ्ख्या शून्य रहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । ‘२५÷३० स्वाब मात्रै थिए त्यसैले परीक्षण भएन’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने, ‘स्वाबहरू थप भएपछि आज परीक्षण गरिएको छ ।’

प्रतिक्रिया दिनुस