नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरको सहअध्यक्षतामा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बसेको बैठक भर्खरै सकिएको हो ।

आयोगको बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल भएको बताइएको छ । बैठकमा दुवै देशका परराष्ट्र, वाणिज्य, अर्थ, जलस्रोत, ऊर्जा र रेल मन्त्रालयरविभागका उच्च अधिकारी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुस