फाइल।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले ट्याम्पोको भाडादर निर्धारण गरेको छ। नगरपालिकाको ९४ औँ कार्यपालिका बैठकले बिहीबार कलुवापुर–बेलौरी सडक अन्तर्गत गुड्ने ट्याम्पोको भाडादर कायम गरेको हो।
ट्याम्पो चालकहरूले मनपरी ढङ्गबाट भाडा असुल्न थालेपछि भाडादर निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले जानकारी दिए।
चालकहरूले  १० लिने ठाउँमा २० रुपैयाँ, २० को ठाउँमा ४० असुलिरहेको पाइएपछि भाडादर कायम गरी यात्रुहरूको गुनासो सम्बोधन गरिएको उनले बताए। नयाँ निर्धारण गरिएको भाडदारमा कलुवापुरदेखी चितौरा सम्म १५ रुपैयाँ, कलुवापुरदेखी बन् शाह सम्म ३५ रुपैयाँ, कालागौडी सम्म ५०,दुवाहा जाने बाटो सम्म ५५ रुपैयाँ र कलुवापुर देखि जाई कुन्डा सम्म ६० रुपैयाँ निर्धारण गरिएको छ।
भाडादरको उल्लङ्घन गरी चर्को भाडा असुलेको पाइए यातायात व्यवस्था कार्यविधि अनुरूप कारबाही गरिने नगर प्रवक्ता सिंहले जानकारी दिए। उनले शुक्रवार बाट उक्त भाडादर लागु गरिएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुस