कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ८ मा क्षतिपुर्ति पाउने किसानहरुको सुचीमा आफ्नो नाम समावेश नगरिएको भन्दै किसानहरुले दुखेसो गरेका छन् ।

गत वर्षको असोज महिनामा भएको बेमौसमी वर्षाले धानबालीमा भएको क्षतिको क्षतिपुर्तिका लागि भन्दै वेदकोट नगरपालिका वडा नम्बर ८ मा ४ सय ३० जनाको नाम आवश्यक कागजात सहित दर्ता गरिएको भएपनि हाल १ सय ४५ जनाको मात्रै क्षतिपुर्ति पाउने किसानको सुचीमा वेदकोट नगरपालिकाको कृषि शाखामा पेस भएको भन्दै बाकी रहेका किसानहरुले गुनासो गरेका हुन् ।

किसानहरुले लगत संकलन गर्दा आफुहरुको नाम पनि समावेश गरिएको भएपनि अहिले क्षतिपुर्ति पाउने किसानहरुको सुचीमा आफुहरुको नाम नआएको किसानहरुको गुनासो रहेको छ । उहाहरुले विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताको नाम मात्रै समावेश भएको गुनासो गर्दै वास्तविक पीडितहरु क्षतिपुर्ति पाउनबाट छुटि रहेका बताउनु भयो ।

यस विषयमा वेदकोट नगरपालिका वडा नम्बर ८ का पुर्व वडाअध्यक्ष दुर्गासिह भण्डारीसंग बुझ्दा उहाले प्रक्रिया पुगेकाहरुको नाम सुचीमा समावेश गरिएको बताउनु भयो । साथै उहाले आफुहरुले प्रक्रिया पुगेका तथा धानबालीमा क्षति भएका किसानहरुको नाम मात्रै समावेश गरिएको बताउनु भयो । आलु, तोरी, परालमा वर्षाले क्षति पु¥याएका किसानहरुका लागि नभई अहिले धानबालीमा क्षति पुगेका किसानहरुलाई मात्रै क्षतिपुर्तिका लागि नाम सवावेश गरिएको वेदकोट नगरपालिका वडा नम्बर ८ का तत्कालिन वडाअध्यक्ष भण्डारीले बताउनु भयो ।

यता किसानहरुले भने धानबालीमा भएको नोक्सानको लगत संकलन सहित वडा कार्यालयमा कागजात र उम्रेका धान सहितको फोटो पेस गरिएको भएपनि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता रहेका किसानहरुको मात्र नाम सवावेश गरिएको किसानहरुको गुनासो रहेको छ । आफुहरुले आफुहरुको नाम किन समावेश गरिएको छैन् भन्दा प्रक्रिया नपुगेको गुनासो आएको किसान निर्मला मडैले गुनासो गर्नु भयो । साथै किसानहरुले कि त सबै क्षति भएका किसानहरुले क्षतिपुर्ति पाउनु पर्ने नभए आएको रकम अनाथ आश्रम वा वृद्धाश्रममा दिनुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुस