कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई वडा कार्यालयले सम्मान गरेको छ । बेदकोट नगरपालिका ५ वडा कार्यालयले युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्दलाई सम्मान गरेको हो ।

दोगडाभूमिराज निर्माण कस्ष्ट्रक्सन प्रालिका प्रतिनिधी चन्दले समय अवागै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेको छ ।

बेदकोट नगरपालिका ५का वडाध्यक्ष चित्रदेव भट्टले समयमै सन्तोषजनक गुणस्तरिय काम गरेकाले निर्माण व्यवसायी चन्दलाई सम्मान गरिएको बताए । गत बर्ष १७बैशाखमा शिलान्यास गरिएको उक्त भवन निर्माण सम्झौता अवागै पुरा गरेर १७बैशाखमा उद्घाटन गरिएको छ ।

आइतबार उद्घाटन कार्यक्तमममा बेदकोट नगर उपप्रमुख तुलसी जोशी सहितका जनप्रतिनिधी कर्मचारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । निर्माण व्यवसायी चन्दले कामप्रति सन्तोष भएर गरिएको सम्मानले उत्साह थपिएको र भावि दिनमा थप जिम्मेबारीपुर्वक कामकाज गर्ने बताए ।

प्रतिक्रिया दिनुस