कञ्चनपुर । कञ्चनपुरका एक युवा निर्माण व्यवसायीलाई वडा कार्यालयले सम्मान गरेको छ । बेदकोट नगरपालिकाले युवा निर्माण व्यवसायी सुर्य बहादुर चन्दलाई सम्मान गरेको हो । दोगडाभूमिराज कन्सक्ट्रक्सनका प्रतिनिधी चन्दले समय अवागै आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरेको भन्दै प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरेको छ । बेदकोट नगरपालिका ५का वडाध्यक्ष चित्रदेव भट्टले समयमै सन्तोषजनक गुणस्तरिय काम गरेकाले निर्माण व्यवसायी चन्दलाई पालिकाबाट सम्मान गरिएको बताए । गत बर्ष १७बैशाखमा शिलान्यास गरिएको उक्त भवन निर्माण सम्झौता अवागै पुरा गरेर १७बैशाखमा उद्घाटन गरिएको छ । आइतबार उद्घाटन कार्यक्तमममा बेदकोट नगर उपप्रमुख तुलसी जोशी सहितका जनप्रतिनिधी कर्मचारीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कोरोना महामारीपछि आर्थिक सकट भएका बेला निर्माण व्यवसायी चन्दले आफु संकटमा भएपनि सन्तोषजनक रुपमा गुणस्तरिय भवन निर्माण गरेको भन्दै प्रसंसा गरेकी छिन ।

निर्माण व्यवसायी चन्दले कामप्रति सन्तोष भएर गरिएको सम्मानले उत्साह थपिएको र भावि दिनमा थप जिम्मेबारीपुर्वक कामकाज गर्ने बताए । यस अघि पनि बेदकाेट नगरपालिकाले चन्दलाई समयमै ८नम्बर वडा भवन बनाएकाे भन्दै सम्मान गरेकाे थियाे

प्रतिक्रिया दिनुस