कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका छन । भीमदत्त नगरपालिका १४ बनकट्टीका बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले दुई महिना अर्थात ६०दिनमा ३० काम गरेका हुन ।

शिक्षक जोशीले उक्त विद्यालयको गत फागुन दोस्रो सातादेखि प्रअको जिम्मेबारी सम्मालेका थिए । प्रअको जिम्मेबारी पाएका जोशीले सामुदायिक विद्यालय सुधारका लागि शुरुवाती चरणदेखि नै संस्थागत, व्यवहारिक योजना अघि सारेर शैक्षिक कामकाज अघि बढाएका थिए । प्रअ जोशीले बैजनाथ आधारभूत विद्यालय सुधार अघि सारेपछि शिक्षक, अभिभावक, विद्यार्थी हर्षित भएका छन । बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पुष्पमणी जोशीले सामुदायिक विद्यालयको संस्थागत बृद्धि विकासका साथै शैक्षिक सुधारका कामकाज निरन्तर अघि बढाउँदै जाने प्रतिबद्धता जाहेर गरेका छन । प्रअ जोशीका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर खातीको निर्देशन सुझाव सल्लाह अनुरुप विद्यालय अघि बढिरहेको छ ।

प्रअ जोशीले होली खेलेर स्रोत बृद्धिदेखि विदाका दिनमा समेत निरन्तर सिकाईका जोडदिएका छन । यि हुन प्रअ जोशीले दुई महिनामा विद्यालयको संस्थागत विकासका लागि गरेका कामहरु

१विद्यालयको आर्थिक अवस्था सुधार गर्न होली खेलेर एक लाख पाँच हजार बचत गर्न सफल ।

२ै विद्यालय सुधारको प्रतिबद्धता सहित अभिभावक र सरोकारवालाहरू संग निरन्तर अन्तरक्रिया र सुझाव संकलन ।

३ै भीमदत्त नगरपालिका का आदरणिय नगर प्रमुख र नगर ऊप प्रमुख ज्यूको समुपस्थितीमा विद्यालयमा अभिभावक संग भेटघाट र छलफल ।

४ै कक्षा नर्सरी देखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा।पठनपाठन शुरू ।

५ै विद्यार्थीहरूको टाई।बेल्ट र परिचय षत्र लागु गर्ने व्यवस्था ।

६ै शिक्षक यरिचय पत्र र शिक्षक डायरी व्यवस्थापन ।

७ै बालबालिकाहरूका लागी खेलकुद र मनोरञ्जनका साधनहरूको व्यवस्था ।

८ै कक्षाकोठा र कार्यालयको सजावट सहित कार्पेट फर्निचरको व्यवस्था।

९ै वि।व्य।स अध्यक्ष र पिटीए अध्यक्ष ज्यूहरूको सचिवालय स्थापना ।

१०ै सहायक प्रधानाध्यापकको नियुक्ति र जिम्मेवारी निर्धारण ।

११ै भर्ना संगै निःशुल्क पाठ्यपुस्तक र दिवा खाजाको उचित वितरण ।

१२ै निजि स्रोत शिक्षकको नियुक्ति र तलब व्यवस्थापनका लागी नगरपालिकामा निरन्तर पहल ।

१३ै नगरपालिकाबाट सामान माग गरि ११कोठामा विद्युत वाईरिङ्ग ।

१४ै विद्यालय हाताको सरसफाई ।

१५ै विद्यालयमा सरस्वती मन्दिर निर्माणकोलागी पहल श्री प्रेम ब। खाती ९पूर्व प्र।अ। समाजसेवी ज्यूबाट निर्माण हुने गरि शिलान्यास ।

१६ै वडा नं १४ को सहयोगमा विद्यार्थीहरूलाई ३४ थान ट्रेक सुट उपलब्ध गराई वितरण ।

१७ै विद्यार्थीहरूलाई संगितमय पि।टी। र नृत्य गायन कक्षाको व्यवस्था।

१८ै बिदाको दिनमा समेत शिक्षक विद्यार्थीहरू निरन्तर विद्यालयमा आई शिक्षण सिकाईमा व्यस्त ।

१९ै विभिन्न तालिमहरूमा शिक्षकहरूलाई सहभागी गराउन प्रयास

२०ै पठनपाठनका लागी आवश्यक व्यवस्थापन सहित अंग्रेजी र नेपाली माध्यममा नियमित कक्षा संचालन ।

२१ै विद्यालय समयको पूर्ण उपयोग र समयको पालन ।

२२ै प्रभावकारी सिकाईका लागी विद्यार्थी केन्द्रित विधिको प्रयोग ।२३ै बिषयगत कक्षा शिक्षणका लागी कार्ययोजना र दैनिक समय सारीणीको निर्माण र कार्यान्वयन ।

२४ै अंग्रेजी माध्यममा थप बिषय वस्तु र व्यवहारिक ज्ञानका कुराहरू को सिकाई व्यवस्थापन ।

२५ै खानेपानी ।शौचालय र अन्य भौतिक सुविधा बृद्धिको प्रयास ।

२६ै प्रार्थना समयमा थप क्रियाकलापको व्यवस्था जस्तै मन्तव्य। कविता ।गीत आदि गाउन अभ्यास गराउने व्यवस्थाको तयारी ।

२७ै विद्यार्थीको रूचि अनुसार शिक्षण र अन्य क्रियाकलाप गस्न व्यवस्था गर्ने ।

२८ै वि।व्य।स।र पिटीए को निरन्तर अनुगमन तथा राय सल्लाह ।

२९ै प्रतिबद्धता पुरा गर्ने हर सम्भब प्रयास ।

३०ै विद्यालयमा सिसिटिभी जडानको अन्तिम तयारी

 

 

 

 

प्रतिक्रिया दिनुस