सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । रावललाई प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को २ बमोजिम बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशसभाका ५३ जना सदस्यमध्ये २९ जना सांसदको हस्ताक्षर सहित रावलले बुधवार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । सुदूरपश्चिममा बहुमतका लागि २७ सिट आवश्यक पर्छ ।

रावललाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एकजना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्  ।

एमाले पोलिटब्यूरो सदस्य समेत रहेका रावल कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार बिहान मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम राखेको छ । यहाँ प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई /दुई वर्ष गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुस