कञ्चनपुर । आजदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न टुरिज्म मार्ट) संचालन हुन लागेको छ । सुदूरपश्चिम सहित नेपालका ऐतिहासिक, धार्मिक, पर्या पर्यटकीय स्थलको प्रर्बद्धन, प्रचारप्रसारका लागि फारवेष्टर्न टुरिज्म मार्ट आयोजना गरिएको जनाएको छ । स्थानीय भीमदत्त नगरपालिका सरकार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा तीन दिने पर्यटन महोत्सव हुन लागेको आयोजकले जनाएको छ ।

(नेपाल भारत)का पर्यटन व्यबसायीहरुविच हुने उक्त मार्ट कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय गन्तव्य बारे भारतीय पर्यटन व्यवसायीहरुलाई सुसुचित गराईनेछ । भारतका विभिन्न ठुला शहर दिल्ली, उत्तराखण्ड, उत्तर प्रदेश सहितका स्थानका पर्यटन व्यवसायीहरुलाई नेपालका पर्यटकीय स्थलको भरपूर्ण जानकारी गराएर उताबाट पर्यटक भित्र्राउने उदेश्यले कार्यक्रम गर्न लागिएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सव आयोजक समितिका संयोजक एव भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले मार्टको सम्पूर्ण तयारी पुरा भएको बताए । उनका अनुसार शुक्रबार बिहान ११बजेदेखि महेन्द्रनगर होटल ओपेरामा कार्यक्रम संचालन हुनेछ । भीमदत्त नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा हुने कार्यक्तमको पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले उद्घाटन गर्ने कार्यक्रममा कञ्चनपुरबाट सुप प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधी दुवै देशका पर्यटन व्यवसायीहरुविच पर्यटन विकास बारे छलफल गर्ने गराईनेछ ।

तयारी पुरा भईसकेको बताउँदै उपाध्यक्ष केसीले उद्घाटनका दिनदेखि विवित कार्यक्रम गरेर कार्यक्रम संचालन गरिनेछ । ‘दुवै देशका पर्यटन व्यवसायीहरुसंग पर्यटन बृद्धि विकासदेखि नेपालमा कसरी पर्यटन भित्र्राउने बारे विज्ञहरुबाट चुनौती एव सम्भावनाका विषयमा घनिघुत छलफल हुनेछ, ‘उनले भने, ‘पर्यटन प्रर्बद्धनका लागि हामीले भारतीय पर्यटन व्यवसायीसंग नेपालमा पर्यटक भित्र्राउन प्याकेज बनाउन योजना दिन्छौँ ।’ दोस्रो दिन महाकाली, कर्णाली नदीका ट्याफ्टिङ, टीकापुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका पर्यटकीय स्थलको प्रत्यक्ष अवलोकन गराउने बताए । तेस्रो दिन नेपालको पर्यटन बृद्धि विकासका लागि समिक्षा सहित समापन गरिने छ । उपाध्यक्ष केसीले भारत पाकिस्तानविच देखिएको तनावले भारतबाट अपेक्षाकृत पर्यटन आउने नआउने बारे द्वविधा बढेको जनाएको छ ।

नेपाल एसोसिएन अफ टुर एण्ड ट्राभल एजेन्टस(नाटा) सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिहले उक्त मार्ट कार्यक्रमबाट नेपाल र भारतका पर्यटन व्यवसायीविच सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बारे थप जानकारी हुने भएकाले भारतका पर्यटक नेपालका विभिन्न स्थान र नेपालका पर्यटक सुदूरका पर्यटकीय गन्तव्यमा आउने वातावरण सृजना हुने भएकाले पर्यटन माध्यामबाट आर्थिक बृद्धि विकासमा टेवा पुग्ने बताए । ‘विगतमा पनि हामीले यस्ता कार्यक्रम गरेका थियौँ, ‘उनले भने, ‘यसबाट दुवै देशका पर्यटन व्यवसायीविच थप पर्यटकीय गन्तव्य बारे जानकारी भएर पर्यटनका लागि टेवा पुगेको थियो ।’

सुदूरपश्चिमको पर्यटन विषयमा जानकार राख्ने बरिष्ठ पत्रकार चित्राङ्ग थापाले कार्यक्रमबाट दुवै देशका पर्यटन व्यवसायीविचको आपसी सम्वाद, छलफलबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकाले कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन । कञ्चनपुरका होटल व्यवसायी जगदिशचन्द्र भट्टले बिटुबी विच हुने यो पर्यटन महोत्सवबाट नेपालका पर्यटकीय गन्तव्य रहेका क्षेत्रमा राम्रो आतिथ्यता स्वागत गर्न सके थप पर्यटन प्रर्बद्धन हुने बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पर्यटन बृद्धि विकासका लागि संचार माध्यममकोे भूमिका महत्वपूर्ण हुने भएकाले पर्यटन प्रर्बद्धनका क्षेत्रमा संचारकर्मीले समेत आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने बताए । उक्त तीन दिने महोत्सवले सुदूरपश्चिम प्रदेश सहित नेपालकोे पर्याटन बृद्धि विकासमा टेवा पुग्ने दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस