कञ्चनपुर । भारत र पाकिस्तानबीच बढ्दो तनावको छायाँ अहिले नेपाल–भारत सीमामा समेत देखिन थालेको छ। सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाले भारतीय सुरक्षा बल ९क्क्द्य० द्वारा नेपालीहरूमाथि अभद्र व्यवहार र सिमा नजिक ओहोरदोहोरमा रोकजस्तै स्थिति सिर्जना गरिएको गुनासो गरेका छन्।
स्थानिय बासिन्दा नारायण भण्डारी भन्छन्, “ मेला बाट आउदा क्क्द्य ले सोधपुछ गर्नु भन्दा पहिले नै लाठीचार्ज गर्यो र महिलाहरु लाई अप शब्द प्रयोग गर्न थाले, अब त हिँडडुल गर्न पनि डर लाग्न थालिसक्यो।”
स्थानीयहरूका अनुसार हालै केही नेपाली नागरिकमाथि भारतको सुरक्षा बलले “पाकिस्तानसँग मिलेको” भन्ने आरोप लगाउँदै कडा व्यवहार प्रदर्शन गरेको छ। यसप्रति स्थानीय स्तरमा आक्रोश फैलिएको छ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल ९ब्एँ० ले घटनाबारे अनबिग्री रहेको बताए ।
“हामी सधैं शान्तिपूर्ण रूपमा बस्दै आएका छौं। नेपालका नागरिकलाई यसरी पाकिस्तानसँग जोडेर व्यवहार गर्नु आपत्तिजनक मात्र होइन, हाम्रो आत्मसम्मानमाथिको चोट हो,” प्रत्यक्षदर्शी नारायण भण्डारी ले बताए। हुने गरि कुटेका छ्न । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले पाकिस्तानको रिसिईबी असल छिमेकी मुलुक नेपालका नागरिकमाथि प्रहार गर्न लागेको छ ।