फाइल।

कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका २ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिवार राति प्रहरीले जबर जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो।

ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुस