फाइल तस्वीर।

कञ्चनपुरमा भक्तजन बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। जिल्लाको जिल्लाको पुनर्वास नगरपालिका –२ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको से १ त ६५०६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सवार २१ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अन्य १७ जनाको भने स्थानीय अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए।

शनिबार बेलुका ४ बजेतिरको समयमा मोतीवस्तिबाट सीमरातर्फ आउँदै गर्दा ट्रयाक्टर दुर्घटना भएको उनले बताए। उनीहरु भकुण्डाबाट उत्तरायणी पर्व मनाएर फर्किरहेका थिए। ट्रयाक्टर चालक सोही नगरपालिकाको वडा नम्बर ५ सिमरीका रामप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस