फाइल।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। जिल्लाको अमरगढी नगरपालिका–२ कैलपाल मन्दीर नजिकै से१त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल दुर्घटना हुँदा सोही वडाको कुस्मालीका गणेश बहादुर ऐरको मृत्यु भएको हो।

दुर्घटनामा परि ५ जना घाइते भएको डडेल्धुराले प्रहरीले जनाएको छ। घाइने हुनेमा चालक कञ्चनपुर शुक्लाफाटा नगरपालिका –६ का राम भरौसा राना, अमरगढी –२ का सुरेश भण्डारी, तिर्थ बहादुर केसी, सुरेश भट्ट र दलबहादुर रहेका छन्। उनीहरुको उद्वार गरि डडेल्धुरा अस्पताल पुगाइएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए। ट्याक्टर दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस